कला


शर्माको ‘पोइटिक डायस्पोरा’माथि विमर्श

शर्माको ‘पोइटिक डायस्पोरा’माथि विमर्श

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १९:५५, काठमाडौँ

कवि अनुशा शर्मा सुवेदीको कविताकृति ‘पोइटिक डायस्पोरा’माथि परिचर्चा गरिएको छ। 

मंगलबार ललितपुरको हात्तिवनमा आयोजित कार्यक्रममा कृतिमाथि विमर्श गरिएको हो। कार्यक्रममा प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए। अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको गुप्तोको भनाइ थियो। 

यस्तै समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका रहेको बताए। ‘शब्द–शब्दमा गहन अर्थ मीठो सिल्पिमा बाँधिएका छन्। खुट्किलावद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन,’ सिग्देलले भने, ‘कवितामा भक्तिधारामा प्रवाहित छन्। कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्टरुपमा छचल्किन्छ।’

अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए। उनले मेडिटेसनको काम गर्ने सामर्थ्य कवितामा रहेको धारणा राखेका थिए।

त्यस्तै, कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताइन्। ‘मलाई उहाँका कविता पढ्दा कुनै सितल छहारीमा बसेजस्तै भान भएको छ। शब्दमा शक्ति र भावमा ओज छ,’ केसीले भनिन्। 

लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा कवि दीपक सापकोटाले अनुशाका केही कविता बाचन गरेका थिए। साहित्यकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिबारे संवाद गरेका थिए।

कार्यक्रममा बोल्दै कवि शर्माले आफूले शब्दमा भन्न नसकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन्। ‘मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु। आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad