कला


‘आ बाट आमा-२’ को शुभमुर्हूत, को-को थपिए नयाँ कलाकार?

‘आ बाट आमा-२’ को शुभमुर्हूत, को-को थपिए नयाँ कलाकार?

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:४४, काठमाडौँ

चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ आमा-२’ को शुभमुर्हूत गरिएको छ। सोमबार बिहान निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो।  

सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजाअर्चना गर्दै कामलाई अगाडि बढाएको छ। यो फिल्म अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट हो। 

‘आ बाट आमा’ का केही कलाकारले ‘आ आमा-२’  मा पनि निरन्तरता पाएका छन्। अघिल्ला फिल्ममा काम गरेका विपना थापा,पल शाह, प्रदीप रावत, गजित विष्ट लगायतका कलाकार दोहोरिएका छन्। 

दोस्रो पार्टमा आकाश श्रेष्ठ र नरेन खड्का जोडिएका छन्। यस फिल्ममा अभिनेत्री भने छनोट हुन बाँकी छन्।

अन्य कलाकार छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार केहि दिनमा नै यस फिल्मका सम्पूर्ण कलाकार छनोट गरिनेछ। 

निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केही दिनमा नै टुङ्गो लाग्ने बताए। अहिले फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको जानकारी दिए।

निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दशैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad