विराज भट्टको फिल्म ‘१२ गाउँ-२’ मा कृशु शाही ‘काफिया’ मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
निर्माता तथा निर्देशक विराज भट्टले फेसबुकमार्फत काफिया जोडिएकोबारे जानकारी दिएका हुन्। यसै फिल्ममार्फत काफियाले फिल्मक्षेत्रमा डेब्यु गर्दै छिन्।
‘चलचित्र क्षेत्रमा पहिलो पटक १२ गाउँ-२ मार्फत पाइला टेक्दै कृशु शाही। उहाँलाई चलचित्र क्षेत्रमा स्वागत छ! जय नेपाल, जय नेपाली सिनेमा!,’ विराजले लेखेका छन्।
काफिया चर्चित फिल्म वितरक गोविन्द शाहीकी छोरी हुन्। उनकै नामबाट शाहीले काफिया फिल्म्स ब्यानर संचालन गर्दै आएका छन्।
गोविन्दले नै ‘१२ गाउँ-२’ को वितरकको जिम्मा लिएका छन्। यस फिल्ममा काफियाले समीरसँग स्क्रिन सेयर गर्नेछिन्।
यसै फिल्मका लागि भनेर काफियाले चार वर्षदेखि अभिनय र नृत्य सिक्दै आएको उनका बुवा गोविन्दले जानकारी दिए। फिल्मको छायांकन भने वैशाख २३ गतेबाट सुरु हुने बताइएको छ।
यस फिल्मको रिलिज डेट भने आगामी दशैँको लागि तोकिएको छ।
Shares

प्रतिक्रिया