फिल्म ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित शुभमुहूर्त गरिएको हो।
पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए।
निर्देशक परिच्छेद सेन निर्देशनमा यो फिल्म २५ गते सुनसरीबाट छायांकन सुरु हुनेछ। सुनसरीमा एक साता छायांकनपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा ७० दिन चल्ने जनाइएको छ। यो सिनेमा नबराज थापाले खिच्नेछन्।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौलाको अभिनय रहेनेछ।
15
Shares

प्रतिक्रिया