चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आबाट आमा २’ मा सबिन श्रेष्ठको प्रवेश भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्।
यसअघि यो फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठलगायत कलाकार देखिने पक्का भइसइसकेो छ। साथै गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो।
गत वर्ष रिलिज भएको ‘आबाट आमा’ सुपरहिट फिल्म बनेको थियो। यो सोही फिल्मको दोस्रो भाग हो। यस फिल्ममा सबिन श्रेष्ठ, गजित विष्ट, नरेन खड्कालगायतले अभिनय गर्दै छन्।
निर्माण टिमले यस फिल्मका अभिनेत्रीको भने नाम सार्वजनिक गरेको छैन। आगामी दसैँमा प्रदर्शनमा ल्याउने भनिएको यो फिल्मको केही सातापछि फ्लोरमा निस्किने तयारी छ।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। आर्या इन्टरेटन्मेन्ट प्रालीको ब्यानरमा हुने यस फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ। यसको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।
Shares

प्रतिक्रिया