कला


‘मालती मंगले’ले पायो ‘युनिभर्सल सर्टिफिकेट’

‘मालती मंगले’ले पायो ‘युनिभर्सल सर्टिफिकेट’

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १२:३२, काठमाडौँ

शनिबार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश-२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँच पास कसरी हुने भन्ने विषयमा ठूलो अन्योल छाएको थियो।

यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य सम्पन्न भएको छ।

वैशाख २५ गतेबाट रिलिज हुने ‘मालती मंगले’ले फिल्मले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। फिल्मको रनटाइम २ घण्टा ३८ मिनेट लामो छ। प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। 

सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो। यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो।

जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएकाले उनीहरूको उपस्थिति भने कायमै थियो र सोही अनुरूप चलचित्रको सेन्सर कार्य अघि बढाइएको हो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन्। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

यस चलचित्रमा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad