कला


दीपकको फिल्म ‘छ माया छपक्कै-२’ को सुटिङ सुरु

दीपकको फिल्म ‘छ माया छपक्कै-२’ को सुटिङ सुरु

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १४:५५, काठमाडौँ

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘छ माया छपक्कै-२’ को छायांकन सुरु भएको छ। पहिलो दिन गागलफेदीमा  दीपकराज गिरी र  केकी अधिकारीको भागको दृश्य खिच्दै फिल्मको सुटिङ सुरु गरिएको हो।

गत सोमबार मात्रै फिल्मको शुभमुहूर्त गरिएको थियो। सामाजिक-राजनीतिक कथावस्तु रहेको ‘छ माया छपक्कै-२’ आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

फिल्मको छायांकन दुई चरणमा हुनेछ। पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिने निर्माण टिमले जनाएको छ। फिल्मको सुटिङ काठमाडौँसहित पोखरा र नुवाकोटमा हुनेछ। 

यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो शृंखला हो। दीपेन्द्र लामाको निर्देशन रहेको यस फिल्मले सामाजिक-राजनीतिक कथावस्तुलाई समेटेको छ। 

फिल्मको पटकथा दीपेन्द्रसहित दीपकराजले लेखेका हुन्। फिल्ममा दीपक र केकीसहित सनिशा भट्टराई, दीपाश्री निरौला र निर्मल शर्मा लगायतको अभिनय रहनेछ। 

रोहित अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी हुन्। यो फिल्म आगामी दशैँमा रिलिज हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad