कला


‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक (भिडिओ)

‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक (भिडिओ)

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १९:२८, काठमाडौँ

सहारा शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक पल्लो घर बोलको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर सुन्न सकिन्छ।

सार्वजनिक गीतको भिडिओमा सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौं स्मृतिलाई चित्रण गरिएको भिडिओबाट बुझ्‌न सकिन्छ। अझ विषेशगरी विवाहको तयारीमा रहेकी ती युवतीका घरसँग जोडीएका पुराना सम्झनालाई स्मरण गरिरहेको अनुभूति गीतको अडियोमा सुनिने शब्दले जनाउँछ।

सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमालाई अभिमन्यू दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ। सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।

सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad