कला


आर्ट घरले ल्यायो तेस्रो म्युजिकल फिल्म ‘झ्याल’

आर्ट घरले ल्यायो तेस्रो म्युजिकल फिल्म ‘झ्याल’

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १३:४९, काठमाडौँ

आर्ट घरले आफ्नो तेस्रो म्युजिकल सर्ट फिल्म ‘झ्याल: द विन्डो बिटविन अज’  सार्वजनिक गरेको छ। यसअघि ‘कोठा’ र ‘समय र उमेर’ जस्ता म्युजिकल सर्ट फिल्म सार्वजनिक गरिसकेको आर्ट घरले तेस्रो कोशेलीका रुपमा ‘झ्याल’ ल्याएको हो। 

यो म्युजिक फिल्म कोभिड-१९ को बन्दाबन्दीको अनिश्चितता र एक्लोपनाको पृष्ठभूमिमा बनेको छ। दुई अपरिचित छिमेकीबीच झ्यालमार्फत विकसित हुने मौन सम्बन्धको कथामा आधारित छ।

फिल्ममा ३८ वर्षीया एक्लिएकी स्कुल शिक्षिका ऋतु र संघर्षरत २२ वर्षीय थिएटर कलाकार मौसमबीच बिस्तारै विकसित हुने आत्मीयता, आशा र मानवीय सम्बन्धलाई चित्रण गरिएको छ।

यस म्युजिकल सर्ट फिल्मको कथा, पटकथा तथा निर्देशन भीष्म जोशीले गरेका हुन्। फिल्ममा उषा रजक, अभिषेक फुयाल र निर्देशक जोशीको अभिनय रहेको छ।

फिल्मको छायांकन नारायण जीसीले गरेका हुन् भने स्क्रिप्ट इन्जिनियरको रूपमा गौरव श्रेष्ठले काम गरेका छन्। सहलेखन विशाल राज रेग्मीको रहेको छ।

गीतको शब्द निर्देशक जोशीले नै लेखेका हुन्। सुविन सेन्चुरीले संगीत भरेको गीतमा समीक्षा दाहाल र प्रताप दासको स्वर सुन्न सकिन्छ। 

निर्देशक जोशीका अनुसार फिल्मले लकडाउनको समयलाई केवल त्रासदीका रूपमा होइन, मानवीय सम्बन्ध पुनः खोजिने एउटा संवेदनशील क्षणका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad