कला


‘अक्षरा’को सुटिङ सुरु, यस्तो छ कलाकारको टोली

‘अक्षरा’को सुटिङ सुरु, यस्तो छ कलाकारको टोली

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १०:३७, काठमाडौँ

निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को छायांकन सुरु भएको छ। निर्माण पक्षले सोमबारदेखि काठमाडौँबाट फिल्मको सुटिङ थालेको हो।

केही दिनअघि काठमाडौँको गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) गरिएसँगै फिल्म निर्माण प्रक्रिया अघि बढेको हो। फिल्मको छायांकन तालिका (सेड्युल) एक महिनाको तय गरिएको छ।

निर्देशक पौडेलले सम्पूर्ण तयारी र गृहकार्यपछि मात्र सुटिङ सुरु गरिएको जानकारी दिए। उनले भने, ‘हामीले कथाको मागअनुसार पटकथा र संवादमा पर्याप्त मिहिनेत गरेका छौँ। कलाकारहरूलाई कार्यशाला (वर्कसपं) गराएर मात्र फ्लोरमा ल्याएका हौँ। फिल्मले दर्शकलाई निराश बनाउने छैन।’ 

यस फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहनेछ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय रहनेछ।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको छ। फिल्मको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन्। 

निर्देशक विनयराज पौडेलले यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। लामो अनुभवपछि उनले ‘अक्षरा’ मार्फत  निर्देशनमा पाइला चालेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad