कला


आँखाभरि आँशु निकाल्दै वर्षाले भनिन् : मेरो फिल्मलाई सपोर्ट गर्ने कोही भएनन्

आँखाभरि आँशु निकाल्दै वर्षाले भनिन् : मेरो फिल्मलाई सपोर्ट गर्ने कोही भएनन्

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १२:३, काठमाडौँ

अभिनेत्री वर्षा राउतले आफ्नो फिल्म ‘मालती मंगले’ लाई सहयोग नगरेको भन्दै चित्त दुखाएकी छन्। उनले टिकटकमा एक भिडिओ बनाउँदै आफ्नो फिल्मलाई साथ नदिएको गुनासो पोखेकी हुन्।

भिडिओमा वर्षाका आँखाभरि आँशु देखिन्छ। जहाँ उनले आफूले सबैलाई सहयोग गरे पनि आफूलाई भने कसैले सपोर्ट नगरेको बताएकी छन्।

‘मैले अघि एउटा भिडिओ हेरेको थिएँ, वर्षालाई साथ दिने कोही भएनन्, एकलै रहिछन् भनेर। खासमा म आफैले फिल गरेको कुरा हो। हरेक फिल्म आउँदा मैले सबैलाई कस्तो सपोर्ट गरेको जस्तो लाग्थ्यो मलाई चाहिँ। डाइरेक्टली, इन्डाइरेक्टी सपोर्ट गर्थेँ। तर, मेरो पालामा चैं कसैले नगरिदिँदो रहेछ। ठिकै छ। माया गर्ने सबैलाई धन्यवाद,’उनले भनेकी छन्।

वैशाख २५ गतेबाट ‘मालती मंगले’ प्रदर्शन भइरहेको छ। यस फिल्ममा वर्षासहित विजय बराल र मेक्सन गौडेलको मुख्य भूमिका छ। वर्षाको अभिनयको पनि निकै तारिफ भइरहेको छ। यद्यपि, फिल्मले भने खासै राम्रो व्यापार गरिरहेको छैन।

यो फिल्म गायक रामकृष्ण ढकालको डेब्यु लगानीमा बनेको हो। तर, रिलिजअगावै एक अभिव्यक्तिकै कारण उनी विवादमा परे। ढकालले एक अन्तर्वार्तामा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निस्किएपछि आफैँले गाडी चढाएर लगेको खुलाएका थिए। जुन कुरालाई लिएर उनीमाथि निकै प्रहार भयो। यतिसम्म कि ‘मालती मंगले’ बहिष्कार गर्नुपर्ने अभियान समेत चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad