कला


‘चमेली’ मा निरुता सिंहसँग सहकार्य गर्न पाउँदा दंग एकदेव

‘चमेली’ मा निरुता सिंहसँग सहकार्य गर्न पाउँदा दंग एकदेव

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १४:२५, काठमाडौँ

गायक एकदेव लिम्बूको गीत ‘चमेली’ अहिले चर्चामा छ। यस गीतको शब्द, संगीत र म्युजिक भिडिओलाई दर्शकले मन पराएका छन्। 

गीतमा नायिका निरुता सिंह केमियो भूमिकामा छिन्। निरुताको सरप्राइज इन्ट्रीले दर्शकलाई थप उत्साह पैदा गरेको छ। उनीसँगै एकदेवले सहकार्य गरेका छन्।

निरुतासँगको सहकार्यबारे एकदेव भन्छन्, ‘हम्बलनेस भन्ने कुरा मैले उहाँबाट सिकेँ। यतिकै यति धेरै फिल्महरू दिनुभएको रहेनछ। यतिकै आफ्नो समयको नम्बर वान नायिका बन्नुभएको रहेनछ।’

एक शब्दमा भन्नुपर्दा निरुतासँगको सहकार्यको अनुभव ‘माइन्ड ब्लोइङ’ भएको एकदेवले सुनाए। अहिले दर्शकले निरुताको इन्ट्रीलाई लिएर अनेक प्रतिक्रिया दिइरहेका छन्।

दर्शकको प्रतिक्रियाबाट उत्साहित भएका एकदेवले भने, ‘उहाँले नाइन्टिजको झझल्को दिइरहनुभएको छ। मेरो फेभरेट हिरोइनलाई केमियो गराउन पाउँदा औधी खुशी महसुस भइरहेछ।’

आफू ‘दर्पन छाया’ फिल्मको अहिले पनि प्रशंसक रहेको एकदेव बताए। एकदेवका ‘आँखामा आउने सपनी’, ‘शिरफूल’, ‘झिमझिमाउने आँखा’ जस्ता दर्जनौं गीत चर्चित छन्।

‘झिमझिमाउने आँखा’को हिन्दी भर्सनमा एकदेवले भारतीय गायिका नेहा कक्करसँग समेत सहकार्य गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad