जेनजी आन्दोलनमा केन्द्रित भएर साहित्यकार श्याम रिमालले नयाँ कविताकृति ‘लाभा’ ल्याएका छन्।
निरास युवाका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ। कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता संग्रहित छन्।
यसमा ‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेनजी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकांक्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेनजी सहिदका भावनालगायतका विषय समेटिएका छन्।
गीत, मुक्तक, हाइकु, कथा र धारावाहिक उपन्यासमा कलम चलाउँदै आएका रिमालका यसअघि आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनको यसअघि ‘एउटा काँढा बिझ्दा’, ‘त्रिशूलीको किनाराबाट’, ‘बारपाक’, ‘नदी बग्दैन’, ‘चमेरो’, ‘हिमाल त कालै भएछ’ लगायतका कृति प्रकाशित छन्।
Shares

प्रतिक्रिया