कला


फिल्म ‘टीका’ को शुभमुहूर्त, मुख्य भूमिकामा प्रियंका, वर्षा र महेश

फिल्म ‘टीका’ को शुभमुहूर्त, मुख्य भूमिकामा प्रियंका, वर्षा र महेश

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १९:११, काठमाडौँ

फिल्म ‘टिका: स्टेटलेस सोल’ को शुभमुहूर्त भएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरिएको छ।

फिल्मको छायांकन भने यसै साताबाट सुरु हुनेछ। भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म आगामी तीजको अवसरमा भदौ २६ गतेबाट रिलिज हुनेछ। 

कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद् खेप्नुपरेको महिलाको गम्भीर कथामा चलचित्र बन्न लागेको बताइन्। पछिल्लो ब्लकबस्टर ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टीका’  निर्माणमा जुटेको बताइन्। खड्का दशैँ रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’ को समेत निर्माता हुन्।

शंकर कार्कीको निर्देशनमा बन्ने यसल फिल्मलाई महिला प्रधान चलचित्र भनिएको छ। फिल्ममा  प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाललगायतको अभिनय छ। कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।

चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ। चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को संगीत रहनेछ। नरेन्द्र मैनाली सिनेमाटोग्राफर छन्।

कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राखेका थिए। अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफूहरूको करियरकै एक विशेष चलचित्र रहेको बताए। 

‘मेरो जीवनको लागि यो चलचित्र, यो यात्रा र मेरो पात्र सबै विशेष छ, जुन विषयवस्तुमा कथा तयार गरेर यो चलचित्र बन्दै छ सायद आजसम्म प्रस्तुत नगरिएको र नदेखाइएको कथा हो, एकदमै उत्साहित छुु’, प्रियंकाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad