काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छिन्।
उनी आज बेलुका फ्रान्स प्रस्थान गर्ने काठमाडौँ महानगरले जनाएको छ।
उनी एक्लै फेस्टिभलमा जान लागेकी हुन्। त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिनेछिन्।
महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको बताइएको छ। यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भइरहेको छ।
यसअघि तत्कालीन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए। युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ। कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ ।
Shares

प्रतिक्रिया