कला


छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौँमा

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौँमा

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १७:१६, काठमाडौँ

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि शुरु हुने भएको छ। 

काठमाडौँस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गते आयोजना हुने भएको हो। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति चलचित्र महासंघले नेपालजस्तो बहु–भाषिक, बहु–सांस्कृतिक र बहु–धार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति र मौलिक संकथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो।

महोत्सवका निर्देशक सागर केरुङकाअनुसार यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम मात्र नभई सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरुद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनको रूपमा रहनेछ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, र वृत्तचित्रहरू प्रदर्शन गरिने बताइएको छ। नेवारी चलचित्र स्वयंगु – निर्देशक दिनेश लिङदेन, गुरुङ चलचित्र डल्स्यो रामरानी– निर्देशक जनक गुरुङ, तामाङ चलचित्र ह्याङ तामाङ, निर्देशक निमा लामा, मगर चलचित्र दिलसरा– निर्देशक अशोक आले रहनुभएको चलचित्र प्रदर्शन हुनेछन्। 

यस्तै लघु चलचित्रतर्फ तहरसिङ– निर्देशक सागर केरुङ,दुख्ला ग्याम– निर्देशक हुतबहादुर तामाङ, निको पहिचान– निर्देशक विपना तामाङ,लाहुरेनी– निर्देशक विशाल रोक्का मगरको प्रदर्शन हुनेछ। वृत्तचित्र र एआई जेनेरेटेड विधामा समेत विशेष प्रश्तुतिहरू रहने महासंघले जनाएको छ। 

उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलगायत प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाकाअनुसार आदिवासी चलचित्रलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक दस्तावेजको रूपमा आत्मसात गर्नुपर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad