चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा-२’ मा निकिता आचार्य अनुबन्ध भएकी छन्।
निर्माण पक्षले बिहीबार उनलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित गरेको हो। फिल्मका निर्देशक तथा निर्माता पन्तले आचार्यलाई फिल्मका लागि अनुबन्ध गरेको बताए। निकिताले यसअघि केही फिल्ममा अभिनय गरिसकेकी छन्।
आगामी असोज ३० गते अर्थात दशैँको फूलपातिबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन्।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दै छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।
Shares

प्रतिक्रिया