कला


रणवीरको छिमेकमा बसाइँ सर्दै आलिया

रणवीरको छिमेकमा बसाइँ सर्दै आलिया

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १२:१४,

बलिउड अभिनेता रणवीर कुपुर र अभिनेत्री आलिया भट्टको रोमान्सको चर्चा केही समयदेखि हुँदै आएको छ। आलिया र रणवीर प्रायः सँगै भेटिन्छन्।

हालै आलियाले मुम्बईमा नयाँ फ्ल्याट किनेको खबर सार्वजनिक भएको छ। यो फ्ल्याट उनका प्रेमी रणवीर कपूरको घरनजिक रहेको छ।

आलियाको जुहुमा एक फ्ल्याट छ, जहाँ उनी आफ्नो दिदी शाहीनसँग बस्छिन्। यस बाहेक उनको लन्डनको कभेन्ट गार्डेनमा पनि एउटा फ्ल्याट रहेको छ। हाल आएर उनले बान्द्रामा नयाँ फ्ल्याट किनेकी हुन्।

 भारतीय सञ्चारमाध्यमका अनुसार आलियाको अपार्टमेन्ट त्यही छ जहाँ रणवीर कपूरको अपार्टमेन्ट छ। आलियाको नयाँ अपार्टमेन्ट २ हजार ४६० स्क्वायर फिटको रहेको छ। वास्तु पाली हिलको यस कम्प्लेक्समा रणवीर ५ औं तलामा बस्छन्, आलिया ५ औं तलामा बस्नेछिन्। आलियाले यो अपार्टमेन्ट ३२ करोडमा किनेको बताइएको छ। खास कुरा के छ भने पो अपार्टमेन्ट कपुर परिवारको कृष्णराज बंगलाको नजिक छ।

 समाचार अनुसार आलिया भट्टले शाहरुख खानकी पत्नी गौरी खानलाई यो नयाँ अपार्टमेन्टको आन्तरिक डिजाइनको जिम्मेवारी दिएका छन्। २०१६ मा गौरीले रणवीर कपूरको घरको भित्री डिजाइन गरेकी थिइन्। भट्ट परिवारले केही घनिष्ठ मित्रहरुलाई घरको पूजामा आमन्त्रित गरेका थिए। जसमा करण जोहर र अयान मुखर्जी पनि थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad