मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कविता वाचन, वतृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन्।
एमी इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन्। जसमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन्।
ठमाडौंका ११ जना प्रतियोगीले जमलस्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन्।
ट्यालेन्ट शोमा प्रतियोगीहरु आँचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए।
सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाइन्। यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरी माथिको कविता आकर्षक थियो। नन्दिनी रौनियारले नारी यौन हिंसाबारे आफ्नो विचार राखिन्।
ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अँकित रौनियारले विभिन्न गीतहरु गाएर आफ्नो प्रतिभा देखाए।
ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की बिजेता प्रीति रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए।
राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागनु शनिबार नाचघरमा एक समारोहबीच हुनेछ। यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन्।

प्रतिक्रिया