कला


नयाँ वर्षमा मुकेश र सबिनाको फिल्म ‘गुड फ्रेन्ड’ (ट्रेलरसहित)

नयाँ वर्षमा मुकेश र सबिनाको फिल्म ‘गुड फ्रेन्ड’ (ट्रेलरसहित)

नेपालखबर
चैत १८, २०७७ बुधबार १३:७,

नयाँ नर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ नामक फिल्म चैत्र २७ मा प्रदर्शन हुने भएको छ। साथी-साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो।

पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह,दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन्।

बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन्। फिल्मको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको छ।

केही वर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खदा नयाँ वर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ। ‘गुड फ्रेन्ड’ दर्शकलाई सधैँ ताजा नै लाग्ने विश्वास निर्माताको छ। निर्देशक सानेले आफ्नो फिल्मले साथी साथीबीचको प्रेम बोल्ने बताउँछन्। नयाँ वर्षमा दर्शकलाई कोसेली स्वरुप फिल्म प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad