कार्दसियनलाई फोर्ब्सले औपचारिक रुपमा अर्बपतिको घोषणा गरेको हो।
बहिनी काइली जेनर अर्बपतिको सूचीबाट बाहिरिएको एक वर्षपछि कार्दसियन धनाढ्य सूचीमा परेकी हुन्।
फोर्ब्स म्यागेजिनका अनुसार कार्दसियनले टेलिभिजन कार्यक्रम, विभिन्न कम्पनीको विज्ञापनबाट अरबौं डलर आम्दानी गरेकी हुन्।
४० वर्षकी कार्दसियनको आफ्नै व्यापार पनि छ। उनको कम्पनीको अन्डरवेयर तथा लन्जवेयर निकै चर्चित छ।
गत अक्टोबर यता कार्दसियनले २० करोड अमेरिकी डलर कमाएकी छिन्। त्यससँगै कार्दसियनको सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको हो।
कार्दसियन र उनका पति किम वेस्टबीच हालै सम्बन्ध विच्छेद भएको चर्चा चलेको थियो।
3
Shares

प्रतिक्रिया