गायक थानेश्वर गौतमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागि ‘गीतको भिडिओ सार्वजनिक भएको छ।
आफ्नो प्राणभन्दा प्यारो देशमा सदैव शान्ति छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ। नेपाली मातृभूमिलाई एकताबद्ध गर्ने सन्देश गीतमा रहेको छ।
देशमा विकास र समृद्धिको लागि मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देशप्रेम समेटिएको छ।
तेशान्तको शब्द सिर्जना तथा गायक थानेश्वर गौतमको संगीत रहेको गीतमा दुर्लभ श्रेष्ठको छायांकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन रहेकाे छ।
‘देशको लागि ‘ गीतको भिडिओमा किशोर भण्डारी, कृष्णभक्त महर्जन, रेश्मा तिम्सिना, लिला केसी, सुन्दर लामिछाने र निरुता उप्रेतीको अभिनय रहेको छ।

प्रतिक्रिया