कला


नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ सार्वजनिक (भिडिओ)

नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ सार्वजनिक (भिडिओ)

नेपालखबर
जेठ २, २०७८ आइतबार १०:१२,

नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ बोलको गीतको म्यूजिक भिडिओ निर्माण भएको छ।

विगत लामो समयदेखि कला क्षेत्रमा आवद्ध भएका नविनले सेलिना श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको चाहानामा यसपटक आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन्। म्यूजिक भिडिओ राम्रो बनाउनको लागी आफूले अत्यधिक मेहनत गर्नुपरेको उनी बताउँछन्।

‘यसमा मेरो मात्रै नभएर भिडिओ निर्माणमा काम गर्ने सबै मेम्बरको उत्तिकै भूमिका छ’, उनले भने।

भिडिओ राम्रो हुनुमा सबै जस उनले टिम मेम्बरलाई दिन्छन्। न्यौपानेले प्रेम कथालाई भिडिओको बिषयवस्तु बनाएका छन्। भिडिओमा कसरी केही मान्छेको कारणले गर्दा प्रेम विछोड हुन्छ भन्ने कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

भिडिओमा स्वयं आफैँले अभिनय गरेका नबिनले निर्देशन गर्नु जटिल कार्य रहेका बताउँछन्। अझ निर्देशनसँगै अभिनय पनि गर्नु चुनौतीको कुरा रहेको उनको भनाई छ। हालसम्म उनले लघु चलचित्र, ठुलो पर्दाका चलचित्र, लगायत अन्य म्यूजिक भिडिओमा धेरै काम गरिसकेका छन्।

हालसालै मात्र सार्वजनिक भएको उक्त म्युजिक भिडिओमा बस्न कोइरालाको छायांकन तथा युगराज खड्काको सम्पादन रहेको छ। अभिनयमा नविनलाई दिपिका थापा मगरले साथ दिएकी छिन्। भिडिओको सहायक निर्देशनमा निकिता गुरुङ र मिरा गुरुङ रहेका छन्। त्यसैगरि प्रोडक्शनमा जिवनजँग थापा र प्रकाश भट्टराई रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad