कला


प्रियंका चोपडाले भारतका कोरोना संक्रमितको लागि संकलन गरिन् २२ करोड

प्रियंका चोपडाले भारतका कोरोना संक्रमितको लागि संकलन गरिन् २२ करोड

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ७:१५,

इन्स्टाग्राममा प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पुर्याउने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका कोरोना संक्रमितको ज्यान जोगाउन मद्दत पुर्याउने बताएकी छिन्।

उनले भनेकी छिन्,‘तपाइँहरुको सहयोगले कोरोना संक्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ। हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं। यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं। यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्।’

‘सहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको छ जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिन्छ’ उनी भन्छिन्,‘धन्यवाद जसले संक्रमितको ज्यान जोगाउन सहयोग पुर्याउनुभयो।’

भारतमा कोरोना संक्रमितहरु अक्सिजनको अभावमै ज्यान गुमाइरहेको समाचारहरु आइरहँदा प्रियंकाले स्वदेशका संक्रमित व्यक्तिको ज्यान जोगाउने अभियान थालेकी हुन्।

उनको अभियानलाई विश्वभरका भारतीयले समर्थन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad