कला


सरकारले कहाँ बनाउँदै छ चलचित्र स्टुडियो? चार पटक भयो ‘लोकेसन’ परिवर्तन

सरकारले कहाँ बनाउँदै छ चलचित्र स्टुडियो? चार पटक भयो ‘लोकेसन’ परिवर्तन

नेपालखबर
जेठ १७, २०७८ सोमबार ९:८,

बजेटमा यो पटक सातै प्रदेशमा चलचित्र छायङ्कन स्थलको निर्माण गर्ने उल्लेख छ। यस्तै काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गर्ने बजेटले घोषणा गरेको छ। तर चलचित्र स्टुडियो बनाउने बजेटको यो पहिलो घोषणा भने होइन।

एक समय टोखामा स्टुडियो बनाउने भनिएको थियो। यस्तै दोलखा, पोखरा र बागलुङमामा पनि चलचित्र स्टुडियो बनाउने चर्चा भएका थिए।

तर ती चर्चमै सीमित भएका छन्। अहिलेको बजेटमा काभ्रेको बनेपामा चलचित्र स्टुडियो बनाउने उल्लेख छ।

दोलखामा फिल्म सिटी बनाउने काम अघि पनि बढिसकेको छ। तर यसपटक त्यसका लागि बजेट समावेश गरिएको छैन।

पोखराको धितालमा बनाउने भनिएको फिल्म स्टुडियोबारे कुनै तयारी नै भएन। तत्कालिन चलचित्र बोर्डको टोलीको त्यस क्षेत्रको निरीक्षणसमेत गरेको थियो।

चलचित्रकर्मी अशोक शर्माले बजेटमा पटक पटक चलचित्र स्टुडियो बनाउने विषय समेटे पनि काम नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

'१२ वर्ष अघि त्यो टोखामा थियो, ८ वर्ष अघि दोलखा थियो, ६ वर्ष अघि पोखरा, बागलुङ हुँदै अब काभ्रे आइपुगेको छ अब अर्को वर्ष कहाँ पुग्ने हो त्यो थाहा छैन,' शर्माले भने, 'मेरो भनाई पायक पर्ने स्थानमा अविलम्ब एक भौतिक स्टुडियो निर्माण होस बजेटको किताबमा मात्रै होइन।'

निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शूल्क छुटको विषयमा पनि उनले फेसवुकमार्फत टिप्पणी गरेका छन्।

'चलचित्र निर्माणमा कुनै डिमान्ड शूल्क लाग्ने स्तिथि छैन प्रदर्शनमा लाग्ने हो। चलचित्र घर नचलेको करिब डेढ वर्ष हुन लागेको छ यो एक महिनाको डिमान्ड शूल्क छुट गरेर सरकारले के भन्न खोजेको हो', उनले प्रश्न गरे।

अहिलेको बजेटमा स्क्रिप्ट बैंक बनाउने विषयलाई पनि समेटिएको छ। यो राम्रो भए पनि कार्यान्वयन हेर्न बाँकी रहेको उनले बताए।

कोरोनाको समयमा खुद आयमा एक प्रतिशत मात्र कर लाग्नेबारे पनि शर्माको प्रतिक्रिया छ।
कोरोना महामारी पछि निर्माता ले कुनै चलचित्र प्रदर्शन गर्न नसकेको, वितरकले कुनै फिल्मको व्यवसाय गर्न नपाएको र सिनेमा हलहरु बिगत करिब डेढ वर्षदेखि बन्द रहेको अवस्थामा कसरी आम्दानी हुन्छ र सरकारको छुट लागू हुन्छ उनले प्रश्न गरे।

 अहिले को अवस्थामा आर्थिक र नीतिगत रुपमा चलचित्र क्षेत्रलाई ठोस रुपमा नहेरिएको उनको भनाई छ।

४० वटा चलचित्र प्रदर्शनका लागि तयार भए पनि कोरोनाका कारण रोकिएको उनले बताए। ति चलचित्रमा करिव १ अर्बको जोखिम रहेको उनले बताउँछन्।

बनिसकेका चलचित्र र कोरोना अघि बन्न तयार रहेका चलचित्रहरुमा वितरकले अग्रीम भुक्तानी वापत गरेको करोडौं रुपैयाँ जोखिममा रहेको उनले बताएका छन्।

यो अवधिमा करिब २२ वटा चलचित्र हल संधैका लागि बन्द भएको उनले बताएका छन्। चल्न नसक्ने अवस्थामा त्यत्तिकै संख्यामा हलहरु रहेको उनले बताएका छन्।
तर बजेटमा यस्ता विषय नसमेटिएको उनको भनाई छ।

पटक पटक मन्त्री लगायत सरकारी प्रतिनिधिलाई भेटेर सुझाव दिएको भए पनि त्यो नसमेटिएको उनले बताएका छन्। चलचित्र क्षेत्रलाई यसरी नै हेर्ने हो भने भविष्य अन्धकारमा रहेको र कहिले नउठ्ने गरी थला पर्ने निश्चित रहेको उनको भनाई छ।

चलचित्र क्षेत्रलाई पुन:स्थापित गर्न एक आर्थिक प्याकेज ल्याउनु पर्ने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad