उनले मंगलबार फेसबुकमा आफू कोरोनामुक्त भएको बताउँदै संक्रमित हुँदा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।
उनी भन्छन्,‘ मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डाक्टर अनि पृथ्वीभरका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाईहरुमा हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु।’
शुभेच्छुकको आशिर्बाद लागेकै कारण आफू निको भएको उनको भनाइ छ।
‘यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो’ उनी भन्छन्,‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।’
उनी थप भन्छन्,‘बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया’
काेराेना जितेपछि मनदकृष्णाकाे भनाइ

प्रतिक्रिया