कला


किशोर मनस्वीको गजलः मार्सी चामलको भात कति रसिलो छ कमरेड?

किशोर मनस्वीको गजलः मार्सी चामलको भात कति रसिलो छ कमरेड?

किशोर मनस्वी
भदौ २१, २०७६ शनिबार ५:५१,

सत्य भन्न पनि कति असजिलो छ कमरेड
तिम्रो अनुहारभरी हिलैहिलो छ कमरेड।

 आश्वासन नै कति मीठो, मीठो थियो हिजो
आज त चिनी पनि अमिलो छ कमरेड।

पराइ त के आफ्नैले पनि भजन गाउन छाडे
यो समय कस्तो अगतिलो छ कमरेड।

हामी त सधैं खुसी नै छौँ आटो र पिठोमा
मार्सी चामलको भात कति रसिलो छ कमरेड?

हिजो सुकेनासले खाएजस्तै थियो तिम्रो मुहार
के जादू चल्यो आज भरिलो छ कमरेड।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad