कला


हेटौँडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला

हेटौँडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला

नेपालखबर
फागुन ६, २०८० आइतबार १४:३१, हेटौँडा

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौँडामा आइतबार (आज) सुरु भएको छ। संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले राष्ट्रिय भेला आयोजना गरेको हो।

सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विभिन्न कार्यक्रम गर्ने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए। स्थानीय ठाउँलाई नेपाली सिनेमामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको अध्यक्ष बलामीले बताए। 

कार्यक्रममा नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारिता क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन्। भेलामा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदाबारे छलफल हुनेछ। प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा बिट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचारसंहिताबारे छलफल गर्ने बताइएको छ। विज्ञापन बोर्डले अनलाइन व्यवस्थापकसम्बन्धी कार्यशाला आयोजना गर्नेछ।

यस्तै फागुन ७ गते भोलि सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोसन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुने कार्यसूची छ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपालियाको उपस्थिति छ।

यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरञ्जीवी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति छ।

भेला मंगलबारसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .