कला


करको विरोधमा माघ २२ गते देशैभरका फिल्म हल बन्द गर्ने घोषणा

करको विरोधमा माघ २२ गते देशैभरका फिल्म हल बन्द गर्ने घोषणा

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १०:५४, काठमाडौँ

हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले यही माघ २२ गते देशैभरका हल बन्द गर्ने निर्णय गरेको छ।

चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा संघले २२ गते हल बन्द गर्न लागेको हो। 

संघले विज्ञप्ति जारी गरी अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा २२ गते देशभरकै हल बन्द गर्ने जनाएको छ। सरकारले चलचित्र क्षेत्रलाई करको नाममा ३३ प्रतिशत कर तिर्न बाध्य पारिएको दाबी संघले गरेको छ। 

'चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ। मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको बेहोरा जानकारी गराउँदछु,' विज्ञप्तिमा लेखिएको छ।

चलचित्र विकास बोर्ड स्थापनाअघि ४५० हल भए पनि अहिले १५० वटा मात्रै सञ्चालमा भएको समेत जनाइएको छ।

कोरोना महामारीले धराशायी भएको चलचित्र क्षेत्रलाई सरकारले थप कर लगाएर दु:ख दिन खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ।

हाल नेपाली फिल्मबापत हल सञ्चालकहरूले ५ प्रतिशत स्थानीय तथा मनोरञ्जन कर तिर्नुपर्न भनिएको छ। त्यसैगरी १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी उनीहरुले १८ प्रतिशत कर सरकारलाई बुझाउँछन्।

यस्तै विदेशी फिल्मबापत भने हल सञ्चालकले ३३ प्रतिशत कर राज्यलाई बुझाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad