कला


काठमाडौँ आएका सञ्जय दत्तले भेटे निर्वाण चौधरी

काठमाडौँ आएका सञ्जय दत्तले भेटे निर्वाण चौधरी

निर्वाण चौधरी र सञ्जय दत्तबीच भेटघाट


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ११:३७, काठमाडौँ

नेपालमा भ्रमणमा रहेका बलिउड अभिनेता सञ्जय दत्तले चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन्।

चौधरीले दत्तसँग भेट गरेका तस्बिर शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनलाई नेपालमा स्वागत गर्न पाउँदा एकदमै खुसी लागेको उल्लेख गरेका छन्। 

‘सञ्जु भाइ, तपाईंलाई काठमाडौँमा स्वागत गर्न पाउँदा म एकदमै खुसी छु। जीवन एक निरन्तर लडाइँ हो र तपाईंको यात्रा साहस र लचिलोपनको जीवन्त प्रमाण हो। तपाईंको नम्रता र सौहार्दता प्रेरणादायी छ, जसलाई म सधैँ सम्झिरहनेछु’, निर्वाणले लेखेका छन्।

अभिनेता दत्त काठमाडौँमा खोलिएको बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ यहाँ आइपुगेका हुन्। 

आएकै बेलुकी दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास ललितपुरको हात्तीवन पुगेर भेटेका थिए।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad