यौन उत्पीडन मुद्दामा बेलायती अभिनेता तथा प्रस्तोता रसेल ब्रान्डलाई वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले केही सर्तसहित जमानत दिएको छ।
ब्रान्डविरुद्ध चार महिलाले यौन उत्पीडनको अभियोग लगाएका छन्। यस मुद्दाको अर्को सुनुवाइ मे ३० मा ओल्ड बेलीमा हुनेछ।
इङ्गल्यान्डको एसेक्समा जन्मेका ब्रान्डले स्ट्यान्ड-अप कमेडियनको रूपमा ख्याति कमाए। उनले २००० मा ह्याकनी एम्पायरमा र पछि एडिनबर्ग फ्रिन्जमा प्रस्तुति दिए। यसपछि उनले टेलिभिजन र रेडियो कार्यक्रम पनि चलाउन थाले।
ब्रान्डले 'बिग ब्रदर्स बिग माउथ' होस्ट गरेपछि उनको करियरले गति लियो। यसपछि उनी बेलायतका सबैभन्दा प्रसिद्ध प्रस्तोतामध्ये एक बने। उनी २००६ देखि २००८ सम्म बीबीसीमा रेडियो कार्यक्रम प्रस्तोता पनि थिए।
ब्रान्डले अप्रिलमा एउटा भिडिओ जारी गरी सहमतिबिना केही नगरेको दाबी गरेका थिए।
आरोपविरुद्ध आफ्नो बचाउ गर्ने अवसर दिएकामा उनले अदालतप्रति आभार प्रकट गरेका छन्।
Shares

प्रतिक्रिया