कला


को थिए पाकिस्तानमा ज्योति मल्होत्रासँगै रहेका ६ जना हतियारधारी?

को थिए पाकिस्तानमा ज्योति मल्होत्रासँगै रहेका ६ जना हतियारधारी?

ज्योति मल्होत्रा


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १३:५७, काठमाडौँ

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा पक्राउ परेकी ज्योति मल्होत्राको मुद्दामा नयाँ मोड आएको छ।

स्कटल्यान्डका युट्युबर क्यालम मिलले ज्योति मल्होत्रावालाका विषयमा प्रतिक्रिया दिएका छन्।

उनले पोस्टमा लेखेका छन्, ‘पाकिस्तानमा हतियार बोकेका मानिसहरू देखिनु सामान्य कुरा हो, तर लाहोरको अनारकली बजारमा दिउँसो ६ जना हतियारधारी सुरक्षाकर्मीसँग ज्योतिलाई देख्नु मेरा लागि अनौठो थियो।’

पाकिस्तानी सुरक्षाकर्मीहरूले घेरेको ज्योति मल्होत्रा। फोटो : एक्स/@erbmjha

क्यालमले मार्चमा लाहोरको प्रतिष्ठित अनारकली बजारको आफ्नो भ्रमण देखाउँदै एउटा भिडिओ अपलोड गरे। उनको आफ्नै यात्रा च्यानल छ, जसलाई क्यालम अब्रोड भनिन्छ।

क्याजुअल पहिरनमा सजिएका क्यालमलाई अनारकली बजारको सडकमा एक्लै भिडिओ बनाउँदै गरेको देखियो। सुटिङ गर्दा क्यालम बाटोमा मानिसहरूसँग कुरा गर्छन्। यस क्रममा उनी ज्योतिसँग पनि कुरा गर्छन्। 

ज्योतिसँग हतियारधारी मानिस
क्यालमले लेखेअनुसार पाकिस्तानमा ज्योतिलाई भेट्दा उनको ध्यान सबैभन्दा बढी तानेको कुरा थियो- ज्योतिको साथमा रहेका ६ जना हतियारधारी पुरुष। सबैसँग एके-४७ थियो। उनीहरूले ‘नो फियर’ लेखिएको ज्याकेट लगाएका थिए। अनि छक्क पर्दै क्यालमले भने, मलाई थाहा छैन- यति धेरै बन्दुक किन चाहिन्छ?

उनको आश्चर्य निराधार छैन। ज्योतिलाई भीआईपी स्तरको सुरक्षा प्रदान गरिँदा क्यालम नियमित पर्यट जस्तै स्वतन्त्र रूपमा घुमिरहेका थिए।  जसले गर्दा पाकिस्तानमा उनको असामान्य पहुँचमा नयाँ शंका उत्पन्न भएको छ।

क्यामेरामा उनीहरूको छोटो कुराकानी सौहार्दपूर्ण थियो।

ज्योतिले आफूलाई भारतीयका रूपमा परिचय दिँदै पाकिस्तानको आतिथ्यको प्रशंसा गरिन्। अनुसन्धानकर्ताहरू यो स्तरको सुरक्षा पाकिस्तानी एजेन्सीहरूले प्रदान गरेको विश्वास गर्छन्। जससँग उनी आफ्नो यात्राको समयमा र पछि सम्पर्कमा रहेको आशंका गरिएको छ।

ज्योतिले पनि क्यालम मिलसँगको कुराकानीको भिडिओ अपलोड गरेकी थिइन्। त्यसमा ज्योतिले सुरुमा यो लाहोरमा आफ्नो अन्तिम दिन भएको बताएकी छन्। 

संगत गुरुद्वारामा बसबाट निस्केर कृष्ण मन्दिर र त्यसपछि अनारकली बजार गइन्। भिडिओको सुरुमा ज्योति बससहित ६ सुरक्षा गार्डसँग उभिरहेकी देखिन्छिन्। ज्योतिले भिडिओमा आफू समूहसँगै रहेको बताएकी छन्। समूहलाई सुरक्षा गार्डको व्यवस्था थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad