पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेट अविस्मरणीय रहेको बताएका छन्।
अभिनेता दत्त बिहीबारदेखि काठमाडौँमा छन्। उनी काठमाडौँमा खोलिएको बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ यहाँ आइपुगेका हुन्।
त्यसलगत्तै दत्तले ललितपुरको हात्तीवन पुगेर प्रचण्डलाई निवासमै भेटेका थिए।
त्यसको भोलिपल्ट शुक्रबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै प्रचण्डले उनीसँगको भेट रमाइलो भएको बताएका हुन्।

‘हिजो (बिहीबार) सञ्जय दत्तसँगको भेटघाट निकै अविस्मरणीय रह्यो। 'मुन्ना भाइ एमबीबीएस' मा उहाँको अभिनयको म सधैँ प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ- उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ’, प्रचण्डले फेसबुकमा लेखेका छन्।
भेटघाटको भिडिओ-
Shares

प्रतिक्रिया