ad ad

गण्डकी


दमौलीमा मध्यराति भीषण आगलागी

दमौलीमा मध्यराति भीषण आगलागी

दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको भीषण आगलागी। तस्बिर : रासस


नेपालखबर
जेठ ७, २०८१ सोमबार ६:४६, दमौली (तनहुँ)

तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२:४५ बजे आगलागी सुरु भएको थियो। 

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्ण रूपमा जलेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।

तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। 

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३:४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए। 

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो। नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो। केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो। यहाँ विभिन्न पसल सञ्चालनमा थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .