गण्डकी


पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास

पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १४:५, काठमाडौँ

कास्कीको पोखरामा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले निषेधाज्ञा जारी भएका स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको हो। 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत, पोखरा लगेको हो। 

रविका समर्थकहरूले प्रदर्शन चर्को बनाएका छन्।

पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। 

हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए। 

सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। 

सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। 

प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरूलाई रोकिरहेको छ। 

सभापति रवि लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

यसअघि आजै  रास्वपा समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो। 

कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको हो। 

तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad