गण्डकी


कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

शुक्रबार बिहान पोखरा विमानस्थलमा कांग्रेस सभापति गगन थापालाई स्वागत गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे।


नेपालखबर
माघ २३, २०८२ शुक्रबार ११:३५, पोखरा

नेपाली कांग्रेसका सभापति गगन थापा आज (शुक्रबार) पोखरा आइपुगेका छन्।

विशेष महाधिवशेनबाट पार्टीको सभापति भएपछि उनी पहिलोपटक पोखरा आइपुगेका हुन्। 

शुक्रबार बिहान पोखरा विमानस्थल ओर्लिएका थापालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका कांग्रेस नेताहरूले स्वागत गरेका छन्।

शुक्रबार बिहान पोखरा विमानस्थलमा कांग्रेस सभापति गगन थापालाई स्वागत गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे।

गण्डकीका मुख्यमन्त्री पाण्डे हालै भएको कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा थिए।

एयरपोर्ट पुगेका पाण्डेसँग सभापति थापाले खुलेर कुराकानी मात्र गरेनन्, कदममा कदम पनि मिलाए।

सभापति थापा केही बेरमा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै कांग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन्।

त्यसपछि उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता/कार्यकर्ता एवं उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad