इथियोपिया सरकारले संयुक्त राष्ट्रसंघका ७ जना कर्मचारीलाई देश निकाला गरेको छ।
आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपिया सरकारले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप लगाएपछि राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरिएको हो।
इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालयसहित निकायका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको हो।
इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन्। इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले प्रष्ट पारेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया