ग्लोबल


मोदीले पुटिनलाई भने : यो युद्धको जमाना होइन

पुटिनको जवाफ : द्वन्द्व सकेसम्म छिटो अन्त्य गर्न चाहन्छौँ तर युक्रेन मान्दैन
मोदीले पुटिनलाई भने : यो युद्धको जमाना होइन

नेपालखबर
असोज १, २०७९ शनिबार १३:२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अहिलेको युग युद्धको युग नभएको बताएका छन्। उज्बेकिस्तानको समरकन्दमा आयोजित सांघाइ कोअपरेसन फोरमको साइडलाइनमा भएको द्विपक्षीय वार्तामा मोदीले यस्तो बताएका हुन्।

‘मलाई थाहा छ, आजको युग युद्धको युग होइन। हामीले यसबारे धेरै पटक फोनमा कुरा पनि गरिसकेका छौँ। विश्वलाई छुने भनेको लोकतन्त्र, कूटनीति र संवादजस्ता कुराले हो,’ मोदीले भने।

यसको जवाफ दिँदै पुटिनले आफूहरुले नयाँ दिल्लीको चासो बुझेको र युद्ध सकेसम्म चाँडो अन्त्य गर्न चाहेको बताए। 

‘युक्रेन द्वन्द्वका विषयमा तपाईंहरुको अडान मलाई थाहा छ। तपाईंले निरन्तर व्यक्त गर्दै आएको चासो पनि थाहा छ,’ पुटिनले भने, ‘यसलाई सकेसम्म चाँडो रोक्न हामी सबैथोक गर्नेछौँ। तर, दुर्भाग्यवश, अर्को पक्ष अर्थात्, युक्रेनको नेतृत्वले वार्ता प्रक्रियालाई अस्वीकार गरेको छ र सैन्य हिसाबले नै आफ्नो लक्ष्य पुरा गर्ने बताएको छ।’

युक्रेन मामिलामा भएका राष्ट्रसंघीय मतदानहरुमा भारत तटस्थ बसेको थियो। भारतले अमेरिकी पहलमा युक्रेनको पक्षमा आफूलाई नउभ्याएको भन्दै पश्चिमा मुलुकहरुले भारतको आलोचना गर्दै आएका छन्। 

यसपटकको वार्तामा मोदीले यो युद्धको समय नभएको पुटिनलाई बताएको कुरालाई भने पश्चिमा सञ्चारमाध्यमहरुले ठूलो महत्वका साथ प्रकाशन र प्रशारण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .