ad ad

ग्लोबल


भारतमा बढ्दो हिन्दू राष्ट्रवाद ‘गम्भीर चिन्ताको विषय’- पाकिस्तानी प्रधानमन्त्री

भारतमा बढ्दो हिन्दू राष्ट्रवाद ‘गम्भीर चिन्ताको विषय’- पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री अनवारुल हक कक्कड


नेपालखबर
असोज ५, २०८० शुक्रबार १४:१९, काठमाडौँ

पाकिस्तानी प्रधानमन्त्री अनवारुल हक कक्कडले भारतमा बढ्दो हिन्दू राष्ट्रवाद अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायका लागि ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाबाहिर परराष्ट्र सम्बन्ध परिषद्को बैठकलाई सम्बोधन गर्दै कक्कडले भारतको हिन्दू राष्ट्रवादलाई क्यानाडाले भारतविरुद्ध लगाएको आरोपसँग जोडे।

उनले भने, ‘हिन्दुत्वका यी चिन्तकहरूको साहस यसरी बढ्दै गएको छ कि उनीहरू अब आफ्नो देशभन्दा बाहिर पनि अघि बढिरहेका छन्।’

‘आर्थिक र रणनीतिक कारणहरूले गर्दा पश्चिमी देशहरूले भारतमा बढ्दो हिन्दू राष्ट्रवादको वास्तविकतालाई बेवास्ता गरिरहेका छन्।’

यसअघि भारत र क्यानाडाबीच जारी कूटनीतिक विवादमा पाकिस्तानको विदेश मन्त्रालयले भारतले गरेको कार्य अन्तर्राष्ट्रिय कानुन र देशको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन भएको बताएको थियो।

पत्रकारहरूसँग कुरा गर्दै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जेहरा बलोचले भने, ‘क्यानाडामा भएको गैरन्यायिक हत्यामा भारतको भूमिकाको समाचारले अन्य देशमा भारतको हत्याको नेटवर्क अहिले विश्वव्यापी भएको देखाएको छ। भारतीय गुप्तचर एजेन्सी रअ दशकौँदेखि दक्षिण एसियामा अपहरण र हत्यामा संलग्न छ।’

‘रअद्वारा गराइएका यी हत्या र जासुसीको निशाना पाकिस्तान, बनेको छ। गत वर्ष डिसेम्बरमा पाकिस्तानले एक विस्तृत दस्तावेज जारी गरेको थियो, जसमा जुन २०२१ मा लाहोरमा भएको आक्रमणमा भारतको भूमिकाबारे बलियो र विश्वसनीय प्रमाण थिए। यो आक्रमणको योजना भारतीय गुप्तचर विभागले बनाएको थियो र गराएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .