ग्लोबल


भारत आइरहेको ट्यांकरमा हमला : इरानले खारेज गर्‍यो अमेरिकी दाबी

भारत आइरहेको ट्यांकरमा हमला : इरानले खारेज गर्‍यो अमेरिकी दाबी

नेपालखबर
पुस ९, २०८० सोमबार १८:१८, काठमाडौँ

भारत आइरहेको ट्यांकरमा भएको हमलालाई लिएर अमेरिकाले गरेको दाबीलाई इरानले खारेज गरिदिएको छ।

अमेरिकाले भारत आइरहेको ट्यांकरमा इरानले आक्रमण गरेको दाबी आइतबार गरेको थियो। 

अमेरिकाले आइतबार हिन्द महासागरमा भएको उक्त हमलाका लागि इरानलाई दोषी देखाएको थियो। 

इरानले यस घटनालाई लिएर प्रतिक्रिया दिँदै अमेरिकी आरोपलाई निराधार भनेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार भने, ‘पटक-पटक लगाइने यी आरोप निराधार हुन्। हामी अमेरिकी आरोपलाई सिधै खारेज गर्छौँ।'

अमेरिकी रक्षा विभागले यसअघि गुजरातनजिकै अरब सागरमा एक ट्यांकरमा भएको हमलामा प्रयोग भएको ड्रोन इरानबाट छोडिएको जनाएको छ।

चेम प्लुटो नामको यस केमिकल ट्यांकरलाई इरानबाट छाडिएको ड्रोनले निशाना बनाएको दाबी अमेरिकाको थियो। १९ डिसेम्बरमा यो जहाज साउदी अरेबियाबाट भारततर्फ आइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad