द न्युयोर्क टाइम्सले कपिराइट उल्लंघन गरेको भन्दै ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा हालेको छ। यी कम्पनीले आफ्नो एआई च्याटबटहरुमा आफ्ना लाखौँ आलेखहरु सित्तैमा प्रयोग गरेको आरोप टाइम्सले लगाएको छ।
टाइम्स एआई कम्पनीविरुद्ध यस्तो मुद्दा हाल्ने पहिलो प्रमुख अमेरिकी सञ्चारमाध्यम बनेको छ।
ती कम्पनीहरुले ‘भयानक कपिराइट उल्लंघन, व्यावसायिक शोषण र टाइम्सको बौद्धिक सम्पत्तिको दुरुपयोग गरेर नाफा कमाएको’ भन्दै टाइम्सले अर्बौं डलर क्षतिपूर्ति माग गरेको छ।
जेनेरेटिभ एआई मोडलहरुको तालिममा सञ्चारमाध्यमका सामग्री बिनाअनुमति वा निशुल्क प्रयोग गरेको हुनसक्ने आशंकाबीच टाइम्सले मुद्दा हालेको हो।
एआई समूहहरुले भने अमेरिकी कपिराइट कानुनअनरुप नै इन्टरनेटमा उपलब्ध सूचना प्रशोधन गरिएको बताउँदै आएका छन्।
तर, च्याटबटहरुका कारण आफ्नो पाठक घट्ने चिन्ता प्रकाशकहरुलाई छ। ओपनएआईका च्याटजीपीटी लगायतका च्याटबटहरुले आफ्नो उत्पादनको सारांश दिने उनीहरुको आशंका छ। एजेन्सी
Shares

प्रतिक्रिया