ग्लोबल


भारतले मनायो ७५ औँ गणतन्त्र दिवस, फ्रान्सेली राष्ट्रपति प्रमुख अतिथि

भारतले मनायो ७५ औँ गणतन्त्र दिवस, फ्रान्सेली राष्ट्रपति प्रमुख अतिथि

नेपालखबर
माघ १२, २०८० शुक्रबार १२:५८,

भारतले ७५ औँ गणतन्त्र दिवस मनाएको छ। सो अवसरमा नयाँ दिल्लीको कर्तव्य पथमा विशाल परेड आयोजना गरिएको छ।

यसवर्ष भारतको गणतन्त्र दिवसको समारोहमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ प्रमुख अतिथिका रुपमा सहभागी छन्। 

परेडमा फ्रान्सेली टुकडी पनि सामेल भएको छ। म्याक्रोँले भारत भ्रमणका क्रममा व्यापार सम्झौता गर्ने बताइएको छ।

यसपटकको परेडमा महिला सशक्तिकरणलाई विशेष जोड दिइएको छ। जसका कारण सेना, नौसेना र वायुसेनागरी तीनै सेवाबाट महिला मात्रको टुकडी परेडमा उतारिएको छ। 

त्यस्तै, परेडमा ११२ महिला कलाकारले भारतीय बाजा बजाएका छन्। 

अर्कोतिर, मेजर जेरी ब्लेज र क्याप्टेन सुप्रिता सीटी गणतन्त्र दिवसको परेडमा साथमा मार्च गर्ने पहिलो दम्पती पनि बनेका छन्।  

राष्ट्रपति द्रौपदी मुर्मु बग्गी चढेर कर्तव्य पथ पुगेकी थिइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad