ग्लोबल


मोदीले दिए राजीनामा, तेस्रो कार्यकालको शपथ शनिबार लिने

मोदीले दिए राजीनामा, तेस्रो कार्यकालको शपथ शनिबार लिने

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:२१,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार तेस्रो कार्यकालको शपथ लिने भएका छन्। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मोदी पहिलो नेता हुन्।

मोदीले बुधबार नै राष्ट्रपति भवन पुगेर राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पनि बुझाइसकेका छन्। त्यसपछि उनले सरकार निर्माणको दाबी पेस गर्नेछन्।

मोदीको दल भाजपाले यो चुनावमा २४० सिट जितेको छ। २७२ सिट अर्थात् बहुमत पु¥याउन भाजपालाई ३२ सिट कम छ। 

तर, सत्तारुढ गठबन्धनका अन्य दलसँग ५३ सिट छ।

यसअघि मोदीले बुधबार नै क्याबिनेट बैठक राखेका थिए। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad