ग्लोबल


‘पश्चिमी सम्भ्रान्त वर्ग’ले अमेरिका र रुसको वार्ता असफल पार्न खोजिरहेको पुटिनको आरोप

‘पश्चिमी सम्भ्रान्त वर्ग’ले अमेरिका र रुसको वार्ता असफल पार्न खोजिरहेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
फागुन १५, २०८१ बिहिबार २१:४८, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘पश्चिमी सम्भ्रान्त वर्ग’ले अमेरिका र रुसको वार्तालाई असफल पार्न खोजिरहेको दाबी गरेका छन्।

राष्ट्रपति पुटिनले रुस र संयुक्त राज्य अमेरिकाबीचको सम्पर्क पुनः सुरु भएकामा सबै खुसी नभएको टिप्पणी गरे। 

‘पश्चिमी सम्भ्रान्तहरू अझै पनि संसारलाई अस्थिर बनाउन उत्सुक छन्। यी तिनै शक्तिहरू हुन् जसले दुई देशबीच सुरु भएको वार्ता रोक्न यस्तो प्रयास गर्नेछन्’, उनले भने, ‘हामीले कूटनीतिक स्तरमा सबै सम्भावित उपाय अपनाउनुपर्छ र त्यस्ता प्रयास विफल पार्न विशेष सेवा प्रयोग गर्नुपर्छ।’ 

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसले साउदी अरेबियामा वार्ता सुरु गर्नेबारे कुरा गरेका थिए।

सोही कुराकानीका सन्दर्भमा पुटिनले पश्चिमी मुलुकविरुद्ध टिप्पणी गरेका हुन्। 

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार राष्ट्रपति पुटिनले रुसको एफएसबी सुरक्षा एजेन्सीसँगको बैठकमा भने, ‘नयाँ अमेरिकाकी प्रशासनसँगको पहिलो बैठकले आशा जगाएको छ। यसअन्तर्गत दुई देश सम्बन्ध पुन:स्थापना गर्न चाहन्छन्।’ 

यसैबीच, रुसको तास समाचार एजेन्सीको रिपोर्टअनुसार, इस्तानबुलमा रुसी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता भएको छ।

दुई देशका प्रतिनिधिबीच ६ घण्टाभन्दा बढी समयसम्म वार्ता भयो। यस वार्ताको उद्देश्य अमेरिका र रुसबीच जारी मतभेद समाधान गर्नु थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad