ग्लोबल


भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

नेपालखबर
बैशाख १३, २०८२ शनिबार ७:४०, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ।

जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्।

ट्रम्पले भनेका छन्, ‘म भारतसँग धेरै नजिक छु र म पाकिस्तानसँग पनि धेरै नजिक छु। उनीहरू हजारौँ वर्षदेखि कश्मीरका लागि लडिरहेका छन्। कश्मीर मुद्दा हजारौँ वर्षदेखि चलिरहेको छ र सायद त्योभन्दा पनि लामो समयदेखि।’

उनले अगाडि भनेका छन्, ‘पहलगाममा एउटा नराम्रो आक्रमण (आतंकवादी हमला) भएको थियो र त्यो सीमामा १५०० वर्षदेखि तनाव छ। यो त्यस्तै छ, तर मलाई विश्वास छ- उनीहरूले यसलाई कुनै न कुनै रूपमा समाधान गर्नेछन्। म दुवै नेताहरूलाई चिन्छु। पाकिस्तान र भारतबीच धेरै तनाव छ।’

यसअघि संयुक्त राष्ट्र संघले समेत चिन्ता व्यक्त गर्दै भारत र पाकिस्तान दुवैलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। 

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएसँगै भारत विभाजित भयो। भारत र पाकिस्तान बन्यो। 

त्यसबेलादेखि नै दुई देशबीच कश्मीरका विषयमा विवाद छ।

पहलगाममा यही अप्रिल २२ का दिन आतंककारीले एक नेपालीसमेत २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीचको विवाद थप चर्किएको छ। 

उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad