हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ।
आज दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
त्यसैगरि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आज तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया