ग्लोबल


पाकिस्तानविरुद्धको 'अपरेसन' केवल स्थगन: मोदी

पाकिस्तानविरुद्धको 'अपरेसन' केवल स्थगन: मोदी

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ७:०, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सेना र 'आतंकवादी अड्डाहरू'विरुद्धको कारबाही केवल स्थगन गरिएको बताएका छन्।

सोमबार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, 'अपरेसन सिन्दूर अन्तर्गत भारतको सैन्य कारबाही भर्खरै स्थगन गरिएको छ। आगामी दिनमा पाकिस्तानले चाल्ने हरेक कदमलाई उसले अपनाएको मनोवृत्तिको आधारमा मूल्यांकन गरिनेछ।'

अप्रिल २२ तारखि पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले मे ६-७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो। 

यसपछि पाकिस्तानले पनि मे १० का दिन जवाफी हमलाको घोषणा गरेको थियो। तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझदेखि दुई देशबीच युद्धविरामको सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad