ग्लोबल


अमेरिकासँग वार्ता गर्न ओमान पुगे इरानका विदेशमन्त्री

अमेरिकासँग वार्ता गर्न ओमान पुगे इरानका विदेशमन्त्री

रानका विदेशमन्त्री अब्बास अराघ्ची (फाइल फोटो)


नेपालखबर
माघ २३, २०८२ शुक्रबार ७:३५, काठमाडौँ

आज (शुक्रबार) अमेरिका र इरानबिच ओमानमा आणविक वार्ता हुँदै छ। 

त्यसका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्ची ओमान पुगिसकेको बीबीसीले जनाएको छ। 

उनले आज ओमानको राजधानी मस्कटमा अमेरिकी दूतहरूसँग वार्ता गर्नेछन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन्।

इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नेजस्ता मागमा सम्झौता नहुने अडान लिइरहेको छ। 

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले सम्झौतामा पुग्न सकिन्छ कि भनेर हेर्न इरानका अधिकारीसँगको वार्ताको निगरानी गरिरहेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad