पाकिस्तानको केन्द्रीय बैंकले साउदी अरेबियाको अर्थ मन्त्रालयबाट १ अर्ब अमेरिकी डलर प्राप्त गरेको छ।
पाकिस्तानको स्टेट बैंकले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ, ‘साउदी अरेबियाको अर्थ मन्त्रालयबाट १ अर्ब अमेरिकी डलर प्राप्त भएको छ। यो रकम २०२६ अप्रिल २० मा बैंकको खातामा जम्मा गरियो।’
पाकिस्तानको स्टेट बैंकका अनुसार यो रकम साउदी अरेबियासँग हालै हस्ताक्षर गरिएको ३ अर्ब डलरको सम्झौताको दोस्रो किस्ता हो। पहिलो किस्ता २ अर्ब डलर थियो, जुन बैंकले यही अप्रिल १५ मा प्राप्त गरिसकेको छ।
यसअघि बिहीबार पाकिस्तानको केन्द्रीय बैंकले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर प्राप्त गरेको पुष्टि गरेको थियो।
पाकिस्तानले यो रकम आफ्नो विदेशी मुद्रा भण्डार दबाबमा रहेका बेला प्राप्त गरेको हो।
साउदी अरेबियाले पाकिस्तानका लागि आफ्नो ५ अर्ब डलरको निक्षेप सुविधा तीन वर्षका निम्ति विस्तार गरेको छ।
साथै साउदीले छुट्टै ३ अर्ब डलर जम्मा गर्ने वाचा पनि गरेको छ।
Shares

प्रतिक्रिया