ग्लोबल


न्युयोर्कको मेयरमा ममदानी विजयी

न्युयोर्कको मेयरमा ममदानी विजयी

आफ्नी आमाका साथमा जोहरान ममदानी


नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १२:२३, काठमाडौँ

डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीले न्युयोर्कको मेयर पदको चुनाव जितेका छन्।

सीबीएसका अनुसार, ३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढी समयको न्युयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर भएका छन्।

ममदानीको विजय पुष्टि भएपछि उनका समर्थकहरू खुसियाली मनाउन थालेका छन्।

मेयर पदका लागि मुख्य प्रतिस्पर्धा जोहरान ममदानी र एन्ड्रयु कुओमोबीच भएको थियो।

डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेपछि कुओमो स्वतन्त्र उम्मेदवार बनेका थिए।

चुनावमा विजयी ममदानीले ५०.४ प्रतिशत मत प्राप्त गरे।

न्युयोर्कका पूर्व गभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्रयु कुओमो ४१ प्रतिशत अर्थात् लगभग ८५०,००० मतका साथ दोस्रो स्थानमा रहे। रिपब्लिकन कर्टिस स्लिवा ७.१ प्रतिशत अर्थात् लगभग १४५,००० मतका साथ तेस्रो स्थानमा रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad